Logo
Logo

नेप्से परिसूचक १३.९० अंकले घट्यो


315
Shares

काठमाडौं । बुधबार सेयर बजार आरालो लागेको छ । नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा पुगेर रोकिएको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक १.६६ अंकले घटेर ४०० विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारको आधारमा अपी हाईड्रोपावर शीर्ष स्थानमा रहेको छ। यसको आज ६ करोडभन्दा बढीको कारोबार भएको छ। बुधबारको कारोबारमा निर्माण र प्रशोधन बाहेक सबै उप सुचकहरुमा आरालो लागेको छ। 

आजको कारोबार युनिलिभर नेपाल लिमिटेडको सेयर भाउ ८.५४ प्रतिशतले बढेको छ। 

प्रतिक्रिया दिनुहोस्