Logo
Logo

बागमती प्रदेश सभाको बैठक बस्दै



हेटौडा । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ ।

बाग्मती प्रदेश सभाको पहिलो अधिवेसनको दशौं बैकक अपरान्ह २ः१० मा बोलाइएको हो ।

आजको बैठकमा यसअघिका सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको छ ।

सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस हुनेछ ।

यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्