Logo
Logo

प्रदेश १ : प्रदेशसभा बैठक जारी, नाम टुंगो लगाउने तयारी


567
Shares

विराटनगर । प्रदेश १ को प्रदेससभा बैठक सुरु भएको छ । सर्वदलीय बैठकपछि कार्यव्यवस्था बैठक बसेर प्रदेश १ प्रदेससभा सुरु भएको हो । अहिले बैठक जारी छ ।

आजको बैठकले प्रक्रियामा गएर प्रदेश १ को नामाकरणको टुंगो लगाउने तयारी गरेको छ । प्रदेशसभा सचिवालयमा एमालेका राम रानामगर प्रस्तावक र निरन राई र विदुर लिङ्गथेपको समर्थनमा प्रदेशको नाम ‘कोशी’ राख्ने प्रस्ताव दर्ता भएको छ ।

त्यस्तै, राजेन्द्र राईको प्रस्ताव र कमलप्रसाद जबेगु र निर्मला लिम्बू समर्थनमा प्रदेश १ को नाम ‘किराँत लिम्बुवान सगरमाथा’ राख्ने प्रस्ताव दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्