Logo
Logo

प्रदेशले नाम पाएपछि हिक्मतलाई शेरधनको बधाई


567
Shares

काठमाडौं । कोशी प्रदेश (प्रदेश नं १) का प्रथम मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण नेतृत्व गरेकोमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई धन्यवाद तथा बधाई दिएका छन् ।

आफ्नो क्याबिनेटको दोस्रो वरियताका मन्त्री कार्कीले मुख्यमन्त्री भएपछि प्रदेशको नाम राख्न सफल भएको भन्दै राईले बधाई दिएका हुन् । आफ्नो मुख्यमन्त्री कालमा नाम राख्न छलफल गरेको तर सबै दलहरूले आन्तरिक तयारीमा समय नभएको भनेपछि राख्न नसकिएको राईले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै नेपाली काँग्रेसले जिम्मेवार भुमिका निभाएर प्रदेशलाई नाम दिने कुरामा महत्वपुर्ण साथ सहित योगदान गरेकोमा बिशेष धन्यबाद सहित बधाई दिएका छन् ।

कोशी प्रदेशको हिजो (बुधबार) बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको थियो । प्रदेशको नाम ‘कोशी प्रदेश’ हुनुपर्ने नेकपा एमालेले संसद सचिवालयमा बुधबार बिहान दर्ता गरेको थियो । उक्त प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका थिए ।

यस्तै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने पहिचान र सामथ्र्यको आधारमा ‘किरात लिम्बुवान सगरमाथा’ नाम हुनुपर्ने प्रस्ताव दर्ता गरेको थियो । उक्त प्रस्ताव नै प्रदेशसभाले पारित नगरेपछि मत विभाजनको प्रक्रियामा गएन ।