Logo
Logo

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेशसभा सदस्यहरुको मत पाएका हुन् ।

मुख्यमन्त्री शाहले आफ्नो दल नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका छन् ।
५३ सदस्यीय रहेको प्रदेशसभामा नेकपा एमालेका १० जना (उपसभामुख समेत) र राप्रपाका १ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई विश्वास मत दिएनन् । उनीहरु प्रतिपक्षमा बसे ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि शाह धारा १६८ को उपधारा ३ बमोजिम माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्