Logo
Logo

‘ए’ डिभिजन लिगमा आज तीन खेल, महिलाले निशुल्क हेर्न पाउने


1.6k
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् । दोस्रो चरणको लिग अन्तर्गत बुधबार दुई खेल हुनेछ ।

जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्ने छन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

पुलिस पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो । हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । पहिलो खेलमा हिमालयनले मनाङसँग बराबरी खेलेको थियो ।

रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५स्३० बजे सुरु हुनेछ ।

मनाङ पहिलो जितको योजनामा रहेको छ । मनाङले पहिलो खेलमा हिमालयनसँग बराबरी खेलेको थियो । संकटा पनि पहिलो जितको खोजीमा हुनेछ । संकटाले पहिलो खेलमा आर्मीसँग बराबरी खेलेको थियो ।

च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा एपीएफले थ्री स्टारलाई हराएको थियो भने सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई हराएको थियो ।
तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।

यो पटक लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछनेछ ।

आज महिलाले निशुल्क हेर्न पाउने
आज महिलाहरुले ‘ए’ डिभिजनका खेलहरु महिलाले ‘फ्रि’मा हेर्न पाउने भएका छन् ।

मार्च ८ का दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साधारण प्याराफिटतर्फ निःशुल्क रुपमा हेर्न पाउने व्यवस्था मिलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्