Logo
Logo

आइसिसी लिग-२ : आज नेपाल र युएई भिड्दै


1k
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि खेल मैदान, किर्तिपुरमा विहान ९ः३० बजे देखी सुरु हुने खेलमा नेपालले युएसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको थियो ।

गत फागुन १८ गते भएको प्रतिस्पर्धामा नेपालले युएईलाई ७ रनले पराजित गर्दै विश्वकपमा आफनो स्थान पक्का गरेका थियो । सोही टोलीसँग आज नेपालले पुन प्रतिस्पर्धा गर्दैछ । 

१९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १० विकेट गुमाएर १८४ रनमा सिमित भएपछि नेपालले ७ रनले विजयी भएको थियो । आज पुनः नेपालले युएइसँग खेल्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस्