Logo
Logo

एनआईसी एशिया बैंक र टिथ सेभर्सबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहकहरुलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गर्नुभयो ।

हाल यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा वटा शाखारहित बैंकिङ रहेको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000