Logo
Logo

संघीय मन्त्रीको पद धरापमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही मन्त्रिमन्डल विस्तारका साथै पुर्नगठनको समेत तयारी थालेका छन् । जसमा केही मन्त्रीको भूमिका हेरफेरसमेत हुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको पद पनि धरापमा परेको छ । कर्मचारी सरुवामा खुलेआम बार्गेनिङ गरेको रिपोर्ट पुगेपछि उनलाई हटाउन लागिएको छ । वन वा सहरी विकास मन्त्रालयमा उनलाई जिम्मेवारी दिन लागिएको बालुवाटार स्रोत बताउँछ ।

कर्मचारी प्रशासन महाशाखाका सहसचिव कमल भट्टराई, मन्त्रीका स्वकिय सचिव ज्ञाननाथ ढकाल मिलेर हरेक सरुवामा चलखेल गरेको स्रोत बताउँछ । जसकारण निजामती प्रशासनमा बेथिति बढेको छ । सचिव कृष्णहरी पुष्करसमेत मन्त्रीको ताल देखेर हैरान भएका छन् । मन्त्रालयका अन्य सहसचिवहरु त यस्तो बेथिती मन्त्रालयमा कहिल्यै नदेखेको बताउँछन् ।

मन्त्रीको कार्यशैलीले भ्रष्ट कर्मचारीहरु उत्साहित भएका छन् भने अन्य आक्रोशित देखिएका छन् । ‘खरदार र कार्यालय सहयोगीको सरुवामा समेत आर्थिक लेनदेन हुन थालेको छ,’ एक सहसचिव भन्छन्,‘मन्त्रालयमा बेथितीको पराकाष्टा नाघेको छ ।’ उनको कारण प्रधानमन्त्रीकै बेइज्जत हुन लागेपछि उनलाई हटाउन लागिएको स्रोत बताउँछ । कर्मचारी प्रशासन केही नबुझेको मन्त्री मोदी भाषण चर्काे गरेपनि कार्यशैली ठिक उल्टो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्