Logo
Logo

दानबहादुर कार्कीले सर्वोच्चमा दिएको रिट दर्ता भएन


0
Shares

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता हुन सकेन ।

बुधबार सरकारले कार्कीलाई हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि कार्की कानुनी उपचारका लागि सर्वोच्च पुगेका हुन् । तर, सर्वोच्च अदालत प्रशासनले पेस गरिएको रिट निवेदन अध्ययन गर्नुपर्ने भन्दै दर्ता नगरि राखेको कार्की पक्षका अधिवक्ता टिकाबहादुर कुँवरले जानकारी दिए ।

यता, मन्त्रिपरिषद्को निर्णयलगत्तै डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको कमान्ड सम्हालिसकेका छन् । कार्कीको रिट निवेदन शुक्रबार दर्ता भएको खण्डमा पनि तिहार बिदा सुरु हुने भएकाले यसमाथिको प्रारम्भिक सुनुवाइ तिहारपछि मात्र हुने सम्भावना छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000