Logo
Logo

प्राज्ञ सभा सदस्यहरुलाई सपथ



काठमाडौं, ३० पुस । प्रज्ञा भवनमा आयोजित एक समारोहबीच नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञ सभा सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
कुलपति गंगाप्रसाद उप्रेतीले २४ जना प्राज्ञ सभा सदस्यहरूलाई सपथ ग्रहण गराउनुभएको हो । पौष १ गते सरकारले नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति, प्राज्ञ परिषद् सदस्यसहित प्राज्ञ सभा सदस्यहरूको मनोनयन गरेको थियो ।
सरकारद्वारा मनोनित उपकुलपतिमा डा. जगमान गुरुङ र प्राज्ञ परिषद् सदस्यहरूमा प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्र्रा.डा. गोपिन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपालले पौष २ गते नै कुलपतिबाट सपथ ग्रहण गरिसकेका छन् ।
प्राज्ञ मनोयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा गठित प्रा.डा. मोहन लोहनी र प्रा.डा. कैलाशनाथ प्याकुरेल सदस्य रहेको प्राज्ञ सिफारिस समितिको मंसिर २७ गते बसेको बैठकले प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्राज्ञ मनोनयनका लागि सिफारिस गरेको थियो । कुलपति र सदस्य सचिवमा गंगाप्रसाद उप्रेती र जगत्प्रसाद उपाध्यायलाई असोज २१ गते नै सरकारले नियुक्त गरिएको थियो ।
२४ सदस्यीय प्राज्ञ सभामा प्रा. केशव सुवेदी, रमा शर्मा, राम विनय, प्रा.डा. खेम कोइराला ‘बन्धु’, प्रा.डा. गोपालप्रसाद पोखरेल ‘विवश’, प्रा.डा. कपिल लामिछाने, आरडी प्रभास चटौत, हरिप्रसाद तिमिल्सिना, शशी लुमुम्बू, विवश पोखरेल, ध्रुव मधिकर्मी, रामबाबु सुवेदी, डा. विजयकुमार दत्त, डा. रजनी ढकाल, डा. गीता त्रिपाठी, डा. हरिदत्त पाण्डे, लक्ष्मी उप्रेती, डा. गोविन्द आचार्य, नन्दुप्रसाद उप्रेती, महेश्वर राय, हरिशचन्द्र लावती, सुभद्रा भट्टराई, विणा सिन्हा र सूर्य खड्का विखर्ची रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्