Logo
Logo

लाओसविरुद्ध नेपालको अग्रता


819
Shares

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले आग्रता लिएको छ । दशरथ रंगशालामा जारी खोलमा नेपालले लाओससँग १–० को अग्रता लिएको हो ।

खेलको ३१औं मिनेटमानवीन लामाको कर्नरमा अन्तत तामाङले हेडरमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । राष्ट्रिय टोलीका लागि अनन्तको यो तेस्रो व्यक्तिगत गोल पनि हो।

त्यसअघि खेलको पाँचौ मिनेटमा आयुष घलानको क्रस नवयुग श्रेष्ठले भेट्न नसक्दा अग्रता बनाउनबाट चुक्यो । १८औँ मिनेटमाा पुजन उपरकोटीको प्रहार पोष्टको माथिबाट आकाशियो ।

यो खेलमा एपीएफ फुटबल क्लबका सनिस श्रेष्ठले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल र लाओस ६ वर्षपछि भेट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्