काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लाओसविरूद्धको खेलमा नेपालले जित हासिल गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउनको लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले समान एक/एक गोल गरे । नेपालले एक गोल पहिलो हाफमा गरेको थियो भने एक गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको ३१औं मिनेटमा हेडिङमार्फत् अनन्तले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा नवयुगले गाल गर्दै नेपालको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल नेपालले जित्यो ।
अब नेपालले दोस्रो खेल चैत १४ मा भुटानसँग खेल्नेछ । त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुनेछ।
समूह चरणका सबै खेल साँझ ६ बजे सुरू हुनेछन्। फाइनल चैत १७ मा साँझ ५ः३० बजे हुनेछ।











