काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ मा समूह चरणको अन्तिम खेलमा नेपालले बराबरी खेलेको छ । आज (मंगलबार) भएको खेलमा नेपालले घरेलु टिम बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको आठौं मिनेटमा सेनु परियारको गोलबाट नेपालले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफमा बंगलादेशले बराबरी गोल गर्यो । ७५ मिनेटमा सागोरिकाले बंगलादेशका लागि बराबरी गोल गरे ।
बराबरीसँगै बंगलादेशको उपाधि लक्ष्य सकिएको छ । नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिएको थियो ।
यसअघि नेपालले रसियासँग ३–० र भारतसँग ४–१ को हार बेहोरेको थियो । नेपालले भुटानलाई भने ५–० गोलले पराजित गरेको थियो ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टिम च्याम्पियन हुनेछ । अहिलेसम्म रसिया तीनै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ। आज राति भारतसँग बराबरी खेले रसिया च्याम्पियन हुनेछ । भारतले फराकिलो अन्तरले जित निकाले उपाधि जित्नेछ ।











