Logo
Logo

हारबाट जोगियो नेपाल, फाइनलमा लाओससँग खेल्ने


3.3k
Shares

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल र भुटान बराबरी खेलेका छन् ।

आज (मंगलबार) त्रिपुरेश्वरस्थित दशरथ रगशालामा भएको खेलमा नेपापल र भुटान १–१ गोलको बराबरी खेलेका हुन् । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।

नेपाल १–० ले पछि परेको स्थितिमा निर्धातिर समयको दिपक सिंह ठकुरीले गोल गर्दै नेपाललाई हारबाट जोगाए । उनले अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा गोल गरेका थिए । यसअघि १९औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै अग्रता दिलाएका थिए ।

यो बराबरीसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ । फाइनलमा नेपालले लाओससँग खेल्ने छ । फाइनल खेल यही १७ गते हुनेछ । बराबरीका वावजुद भुटान भने प्रतियोगितबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्