Logo
Logo

वीरगञ्जमा आजदेखि चलचित्र स्वर्णिम महोत्सव


- दृष्टि न्युज/संवाददाता


वीरगन्ज, २१ कार्तिक । वीरगञ्जमा आज बिहीबारदेखि ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ सुरु हुँदैछ । २१ कात्तिकदेखि २३ गतेसम्म चल्ने महोत्सवका लागि कलाकार वीरगञ्ज पुगिसकेका छन् ।
महोत्सव मूल तयारी समितिका संयोजक विमल पौडेलका अनुसार महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने हुँदैछ । महोत्सवको समापन २३ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गर्ने भएका छन् ।
महोत्सवको उद्घाटनमा बलिउड अभिनेता गोविन्दा पनि सहभागी हुँदैछन् । बुधबार काठमाडौं आएका उनी बिहीबार वीरगञ्ज पुगेका छन् । महोत्सवमा नेपाली चलचित्रका नायक एवं अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, नीर शाह, नायिका करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंहलगायत नयाँ पुस्ताका कलाकारहरू अनमोल केसी, प्रदीप खडका, नायिकाहरू पल शाह, केकी अधिकारी, साम्राज्ञी राज्यलक्ष्मी शाहका साथै नेपाली चलचित्र क्षेत्रस“ग जोडिएका अन्य विधाका हस्ती पनि सहभागी हुँदैछन् ।
महोत्सवका लागि सबै तयारी पूरा भइसकेको भन्दै महोत्सव मूल तयारी समितिका संयोजक पौडेलले आयोजना स्थल आदर्शनगर रंगशालामा मुख्य मञ्च, बत्ती, साउन्ड, टेन्टपण्डाल सजावटका सबै काम सकिएको बताए ।
नेपाल चलचित्र निर्माता संघ, नेपाल उद्योग वाणिज्य महासंघ र वीरगन्ज उद्योग वाणिज्य संघले नेपाली चलचित्र स्वर्णिम महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा नेपालका विभिन्न भाषाभाषीका चलचित्र र चर्चित चलचित्रको प्रदर्शनी पनि रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्