
काठमाडौं । ललितपुर मेयर कप टि–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
बिहीबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनको फराकिलो अन्तरले हराउँदै एपीएफ तेस्रो पटक च्याम्पियन बनेको हो ।
एपीएफले दिएको १ सय ५५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन मात्र बनाउन सक्यो ।
पहिलो पटक फाइनल पुगेको कोशी प्रदेशका लागि कप्तान रुविना क्षत्रीले बनाएको ३५ रन नै सर्वाधिक रह्यो । रुविनाले ४१ बलमा ४ चौका हान्दा बिनु बुढामगरको बलमा बोल्ड आउट भइन् ।











