
मोरङ । विराटनगर महानगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई नगदसहित सम्मान गरेको छ ।
बिहीबार विराटनगरस्थित सहिद रङ्शालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दुवैजनालाई जनही १ लाख एक हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उनीहरुलाई सम्मान गरेका हुन् ।
सो अवसरमा मन्त्री राजभण्डारीले खेलाडी मुलुकको गौरव भएकाले उनीहरुको संरक्षण गर्नु सरकारको दायित्व भएको बताए ।











