Logo
Logo

पेरिस ओलम्पिक छनोट : आज नेपाल र भियतनाम भिड्दै


567
Shares

काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले आज भियतनामसँग खेल्ने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे नेपाल र भियतनामबीचको खेल हुन लागेको हो । पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् ।

नेपालले दोस्रो खेलमा भियतनामसँग नै शनिबार प्रतिस्पर्धा गर्ने तालिका छ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छ । फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्