
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज युनाइटेडका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले क्लब छाडेका छन्।
नेपाली मूलका अमेरिकन नागरिक हुमागाईंले अमेरिकी नागरिकता भएका कारण नेपालमा प्रशिक्षण गर्न श्रम स्वीकृति (वर्क परमिट) लिनुपर्नेमा तर यो प्राप्त गर्न नसकेपछि क्लब छाडेका हुन् ।
लिगको छैटौं चरणसम्म भने उनले वर्क परमिटबिनै क्लबमा काम गरिरहेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटुस पोष्ट गर्दै क्लब छाडेको जानकारी दिएका हुन् । उनले क्लव, खेलाडी र फुटवलसंग नेपाली खेल मैदानमा संगै जोडिन नपाउदा खल्लो महसुस भएको बताएकहा छन् ।














