Logo
Logo

फिफा वरीयतामा नेपालको सुधार


882
Shares

काठमाडौं । फिफा वरीयतामा पुरुषतर्फ नेपाल एक स्थान माथि उक्लिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार निकालेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७५औं स्थानमा थियो ।

केही दिनअघि सम्पन्न प्रधानमन्त्री कप थ्री नेसन्स कपको उपाधि जितेपछि नेपालको वरीयता एक स्थान सुधार भएको हो । थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओस विरुद्धको फाइनल खेल भने पिmफा मिति भन्दा बाहिरको भएकोले औपचारिक मान्यता पाएको थिएन ।

वरीयतामा दक्षिण एसियाली राष्ट्रहरुमा नेपाल भन्दा अघि रहेको भारत १०१औं स्थानमा उक्लेको छ भने माल्दिभ्स १५४औं स्थानमा उक्लेको छ । भुटान १८५औं, बंगलादेश १९२औं, पाकिस्तान १९५औं स्थानमा छ ।

गत डिसेम्बरमा विश्वकप फुटबल जितेको अर्जेन्टिना बल्ल वरीयताको शीर्ष स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्