Logo
Logo

अमेरिका पुगेको डेढ वर्षपछि भुवनको आयो ‘छुटिएर म सँग’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, २४ कार्तिक । केही समयअघि मात्र गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा ‘आफ्नो ठानेर’ बोलको गीत सार्वजनिक भएको थियो । जुन गीतमा भर्सटायल गायक राजेशपायल राईको स्वर रहेको छ । उक्त गीतलाई श्रोता तथा दर्शकले रुचाइरहेका बेला भुवनको अर्को गीत सार्वजनिक भएको हो ।
गायक तथा संगीतकार भुवनले आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘भुवन सुप्तिहाङ राई’बाट सार्वजनिक गरिएको ‘छुट्टिएर म सँग’ बोलको यस गीतमा सन्दिप मोतेको स्वर रहेको छ भने शब्दरचना शान्त राईको छ । जुन गीतका लागि थिरज राईले संगीत संयोजन गरेका छन् ।
लिरिकल भिडियोमा सार्वजनिक गरिएको ‘छुट्टिएर म सँग’ बोलको यस गीतलाई फिमेल भर्सनमा पनि गाइएको छ । पछिल्लो समय विभिन्न भर्सनमा गीत रेर्कड गर्ने चलन बढ्दै गइरहेका बेला गायक तथा संगीतकार भुवनले पनि भर्सन गीत सार्वजनिक गरेका हुन् । यो गीतलाई पनि अघिल्लोजस्तै रुचाइदिने भुवनको अपेक्षा छ ।
गायक तथा संगीतकार भुवन केही वर्षयता अमेरिकामा छन् । तर, त्यहाँको व्यस्त जीवनका बाबजुद पनि उनका गीतहरु आइरहेका छन् । नेपालमा रहँदा गायन तथा संगीतमा व्यस्त रहेका भुवनले भने, ‘यता (अमेरिका) आएर पनि फुर्सदमा गीतसंगीतलाई समय दिने गरेको छु ।’
पाँच सोलो एल्बमका अलावा अढाइ सयभन्दा बढी गीतमा स्वर तथा संगीतन गरिसकेका गायक तथा संगीतकार भुवन पछिल्लो समय भने संगीतमै बढी व्यस्त हुँदै आएका थिए । व्यस्त भएकै बेला अमेरिकातिर लागेका उनले त्यहाँ पुगेर पनि आधा दर्जन गीत सार्वजनिक गरिसकेका छन् । ‘छुट्टिएर म सँग’ भुवनको पछिल्लो गीत हो ।

प्रतिक्रिया दिनुहोस्