
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र आर्मीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
जावलाखेल आज पाँचौं जितको योजनामा छ । जावलाखेल ७ खेलमा १४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । जावलाखेल आर्मीलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ ।
आर्मी तेस्रो जितको खोजीमा हुनेछ । आर्मी ९ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ । यस्तै च्यासल मैदानमा साबिक विजेता मछिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।
दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । मछिन्द्र आज तेस्रो जित निकाल्ने योजनामा छ । मछिन्द्र ७ खेलमा ९ अङ्क जोडेर नवौं स्थानमा रहेको छ ।
यस्तै खुमलटार पनि तेस्रो जितको योजनामा छ । खुमलटार ७ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।











