Logo
Logo

‘डि विन्टर फेसन फेस्ट’ हुँदै


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, २८ कार्तिक । एलएण्डएन मोडल एजेन्सीले ‘डि विन्टर फेसन फेस्ट–२०१९’ गर्ने भएको छ । फेसन शोमार्फत नेपाल टुरमा निस्केको उक्त एजेन्सीले नेपाल टुरलाई रोकेर काठमाडौंमा ‘डि विन्टर फेस्ट’ फेसन शो गर्न लागेको हो । जसका लागि यही शनिबार ग्राण्ड अडिसन गर्दैछ ।
काठमाडौको सातदोबाटोस्थित युनिभर्सल क्याफेमा अडिसन गर्न लागेको कम्पनीका म्यानेजिङ डिरेक्टर रोमियो एनकेले जानकारी दिए । अडिसनमा युवायुवती तथा बिवाहित÷अबिवाहित दुवैले सहभागी हुन पाउनेछन् ।
सहभागीका लागि फारम शुल्क एक हजार बुझाउनुपर्नेछ भने अडिसनबाट छनोटमा परेकाहरुलाई फ्रिमा तालिम साथै मेकअप, मोटिभेसनल, हेल्थ तथा दन्त चेकअप, योगालगायतका कक्षा दिइने जनाएइको छ ।

प्रतिक्रिया दिनुहोस्