Logo
Logo

म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित


630
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित भएको छ ।

युनाइटेडले नटिङहम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै युनाइटेडलाई शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।

द सिटी ग्राउन्ड नटिङहममा युनाइटेडको जितमा एक गोल डिएगो डालोटको नाममा रह्यो भने अर्को गोल विंगर एन्टोनीले गरे ।

यो जितसँगै युनाइटेड ३० खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित नटिङहम ३१ खेलबाट २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्