Logo
Logo

थ्री स्टार र चर्च ब्वाइज गोलरहित बराबरी खेल्दै अंक बाडे


630
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाडेको छ ।

सोमबार ललितपुरको च्यासल मैदानमा गोलरहित बराबरी खेल्दै थ्री स्टार र चर्च ब्वाइजले अंक बाडेका हुन् । यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ । चर्च ब्वाइजले १५ अंक जोडेको छ ।

त्यस्तै सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई ६–० गोल अन्तरले पराजित गरेको छ । फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे ।

अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक एक गोल गरे । जितगसंगै फ्रेन्ड्सले ८ अंक जोडेको छ । हिमालयनको ९ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्