Logo
Logo
एसीसी प्रिमियर लिग

मलेसियाविरुद्ध नेपाललाई तेस्रो सफलता


630
Shares

काठमाडौं । एसीसी प्रिमियर लिगमा नेपालले मलेसियाविरुद्ध तेस्रो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा पहिले बलिङ गरेको नेपालले मलेसियाको तीन विकेट लिएको हो ।

नेपालका लागि गुलशन झा, अमृत राजवंशी र सन्दीप लामिछानेले विकेट लिन सफल भए । नेपालका लागि अमृत राजवंशीले वीरनदीप सिंहलाई ९४ बलमा ४६ रन बनाएको अवस्थामा सोमपाल कामीबाट क्याच गराए ।

त्यसअघि गुलशनले मलेसियाका ओपनर मुहम्मद अमिरलाई १८ बलमा १७ रन बनाएको अवस्थामा दीपेन्द्रसिं ऐरबाट क्याच आउट गराएका थिए । त्यसपछि ७६ रनमा पुगेका अहमद फैजलाई नेपाली स्पिनर सन्दीप लामिछानेले रोके ।

९५ बलमा ७६ रन बनाएको अवस्थामा सन्दीपले फैजलाई आरिफ शेखको हातबाट क्याच आउट गराए । ताजा अवस्थामा मलेसिया ३८ ओभर बलिङ गर्दै ३ विकेटको क्षतिमा १५६ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्