
काठमाडौं । एसीसी प्रिमियर लिगमा नेपालले मलेसियाविरुद्ध चौथो सफलता हात पारेको छ । नेपालका लागि ललित राजवंशीले चौथो विकेट लिएका हुन् । यसअघि तेस्रो विकेट पनि उनैले लिएका थिए।
३९।१ ओभरमा ललितले विजय उन्नीलाई कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन्। यसअघि ललितले तेस्रो विकेट लिँदै विरनदीप सिंह अर्ध सतकीय पारी खेल्नबाट रोकेका थिए।
नेपालका लागि पहिलो विकेट गुल्सन झा र दोस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए । एसिसी प्रिमियर कप वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा जारी रहने छ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ।











