
काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । दशरथ रंगशालामा हुने खेलमा एपीएफ र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
जारी लिगमा १३ अंकसहित मच्छिन्द्र तालिकाको आठौँ स्थानमा छ भने ११ अंक जोडेको एपीएफ नवौँ स्थानमा छ। दुवै टिम चौथो जीतको खोजीमा हुनेछन् । दशरथ रंगशालामै साँझ ६ बजे हुने खेलमा फ्रेण्ड्स क्लब र संकटा क्लब भिडने छन् ।
जारी लिगमा १५ अंक जोडेर संकटा भने तालिकाको सातौँ स्थानमा छ भने ९ खेलवाट ८ अंक बटुलेर फ्रेण्ड्स पुच्छारबाट दोस्रो स्थानमा छ । उता, अर्को खेल भने लतिपुरको च्यासल मैदानमा ३ बजेबाट सुरु हुनेछ ।
जुन खेलमा जावलाखेल र नेपाल पुलिस क्लब भिड्ने छन् । जारी लिगमा ९ खेलबाट १७ अंक जोडेको जावलाखेल तालिकाको शीर्ष स्थानमा छ भने समान ९ खेलबाट ५ अंक मात्रै जोडेको पुलिस भने पुछारमा रहेको छ ।











