Logo
Logo

एसीसी प्रिमियर कप : आज नेपाल र ओमान भिड्दै


441
Shares

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आज (शुक्रबार) नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै छ । खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रिमियर कपको आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपाल आजको खेलमा विजयी भए समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्ने सम्भावना बलियो छ ।

नेपालसँगै ओमानलाई पनि उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल र ओमानबीचको यो खेलले एक दिवसीय मान्यतासमेत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्