Logo
Logo

ओमानले टस जित्यो, पहिला ब्याटिङ गर्दै नेपाल


504
Shares

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ । ओमानका कप्तान जिसन मक्सुदले टस जितेर पहिला फिल्डिङ रोजेसँगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलका लागि नेपालले टीममा एक खेलाडी परिवर्तन गरेको छ । गुलशन झालाई बेन्चमा राखिएको छ भने उनको स्थानमा करण केसी मैदानमा उत्रिएका छन् ।

पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपाल आजको खेलमा ओमानलाई पराजित गर्दै लगातार जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिने लक्ष्यमा रहेको छ ।

नेपालको प्लेइङ ११ मा को–को ?
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी ।

प्रतिक्रिया दिनुहोस्