
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आजको खेलमा नेपाललाई सुरुवातमै झड्का लागेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ओमानविरुद्ध खाता नखोली दुई विकेट गुमाएको हो ।
नेपालका ओपनर कुशल भुर्तेल २.२ ओभरमा डक आउट भए । उनी बिलाल खानको बलमा एलबीडब्लू आउट भए । यस्तै, आसिफ शेख पनि शून्य रनमै पेभेलियन फर्किएका छन् । उनलाई कलिमुल्लाहले आउट गरेका हुन् । ४ ओभरको समाप्तिमा २ विकेट गुमाएको नेपालले रनको खाता खोल्न सकेको छैन ।











