Logo
Logo

सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ । जाडोयामलाई लक्षित गरी मानव सेवा आश्रममा आश्रित सम्पुर्ण महानुभावहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको हो ।

उक्त अवसरमा सिटी एक्सप्रेस ग्रुपअन्तर्गतका भगिनी संस्थाहरुमध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतद्धारा संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु एक समारोह बिच हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्