
काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ ।
खेल बिहान ९ बजे मुलपानी मैदानमा सुरु हुने छ । नेपालले मुलपानी मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
समूह ‘ए’ मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो ।
समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल पुग्नेछ । नेपाल र साउदीबीच एक दशकपछि (२०१२) प्रतिस्पर्धा हुन लागेको हो ।














