Logo
Logo

एसीसी कप : नेपाललाई सुरुवातमै २ झट्का


2.3k
Shares

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले सुरुवातमै २ झट्का ब्यहोरेको छ ।

टस हारेर ब्याटिङका लागि मैदानमा उत्रिएका नेपालले ९ रन बनाउँदै २ विकेट गुमाएको हो । नेपालका ओपनर कुशल भुर्तेल २ रनमा आउट हुँदा भरपर्दा मानिएका भीम सार्की ६ रनमा आउट हुन पुगे ।

अहिले नेपालका लागि कप्तान रोहित पौडेल र आशिफ शेख मैदानमा रहेका छन् । अहिले नेपालले ५ ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएर खेलिरहेको छ ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्