Logo
Logo
एसीसी प्रिमियर कप

वर्षाले नेपाल र युएईबीचको फाइनल खेल स्थगित


2.7k
Shares

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल भोलि (मंगलरबार)सम्मको लागि स्थगित भएको छ । नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७ ओभार ३ बलमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । स्थिगित खेल आजकै स्थितिबाट खेल सुरू हुनेछ ।

मंगलबारको खल पनि वर्षाले अवरुद्ध भए ओभर घटाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि हुन सक्ने अवस्था नभएमा नेपाल आइसिसी वरियताको कारण एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।

एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्