
काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल आज पुनः हुदैँछ ।
एसीसी प्रिमियम कप क्रिकेटको सोमबारको खेल बर्षाका कारण रोकिन पुगे पछि आज बाँकी खेल हुन लागेको हो ।
त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला बर्षाका कारण रोकिन पुगेको थियो ।
नेपालले आक्रमक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिए पछि पहिलो पटक बर्षाको कारण रोकिन पुगेको खेल पुनः सुचारु गरिएको थियो ।
तर, दोस्रो पटक पुनः सुचारु गरिए पनि बर्षा सुरु भए पछि केही समयका लागि रोकिएको थियो तर ३ः३० बजेसम्म पनि बर्षा रोकिन छाँटकाट नदेखिए पछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।
हिजो भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट झारेका थिए । सोमपाल कामी र गुल्सन झाले भने समान १–१ विकेट लिए पछि युएई दबाबमा परेको थियो ।
हिजो भएको खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ । हिजो स्थगित भएको स्थानबाट नेपालले आज बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।











