Logo
Logo

खेलकूद क्षेत्रको समस्या अध्ययन गरी समाधान गरिन्छ : खेलकूदमन्त्री


504
Shares

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएको अभावलाई पूरा गर्नका लागि अध्ययन अघि बढाउने बताएका छन् ।

बिहीबार राष्ट्रपतिसमक्ष सपथ ग्रहणपरेपछि मन्त्रालयमा आएर पदबहाली गर्दै मन्त्री लिम्बूले सबै पक्षसँग खेल क्षेत्रको अभाव र समस्याका बारेमा छलफल र अध्ययन गरि यसलाई समाधान गर्दै देशको नाम आउने गरि काम गर्ने बताए ।

उनले सबैको सल्लाह र सुझावका आधारमा काम गर्ने प्रयास हुने धारणा राखे । मन्त्रालयबाट आवश्यक कानून बनाएर यस क्षेत्रलाई पूर्ण बनाउनका लागि ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ । उनले खेल क्षेत्रको साधन स्रोत र खेलाडीको सेवा सुविधालाई सम्मानजनक अवस्थामा पुराएर यस क्षेत्रलाई अघि बढाउन सकारात्मक प्रयास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्