Logo
Logo

मछिन्द्रसँग एपीएफ २-१ गोल अन्तरले पराजित


1.1k
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले एपीएफलाई पराजित गरेको छ । आइतबार त्रिपुरेश्वस्थीत दशरथ रंगशालामा खेलमा मछिन्द्रले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा अग्रता एपीएफले ३६औं मिनेटमा अर्मान्ड बिडोमको गोलमा लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा मछिन्द्रका ओमोलाजा करिमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यस्तै दोश्रो हाफको अतिरिक्त समयमा ओलावाले अफिजले गोल गरेपछि मछिन्द्र बिजयी भयो । जितसँगै मछिन्द्रले १५ खेलबाट २४ अंक जोडेको छ । एपीएफको १९ अंक रहेको छ ।

त्यस्तै आइतबार नै आईतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीले पुछारको टिम संकटासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलको १८औं मिनेटमा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता बनाएको थियो ।

खेलको इन्जुरी समयमा संकटाका फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गर्दै संकटाको संकट टारेका थिए । बराबरीसँगै संकटाले १५ खेलबाट १७ अंक जोडेको छ । आर्मीले समान खेलबाट २१ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्