Logo
Logo

हङकङमा चुनाव : बेइजिङ पक्षधर र प्रजातान्त्रिकबीच प्रतिस्पर्धा


- दृष्टि न्युज/संवाददाता


हङकङ, ८ मंसिर (एजेन्सी) । हङकङमा अरु दिनभन्दा आज आइतबार फरक मोहोल छ । महिनौँदेखि चर्को आन्दोलनमा बेर्होदै आएका हङकङमा आज जिल्ला परिषदको चुनाव भइरहेको छ । बिहान ७ : ३० बजे सुरु भएका मतदान राति १० : ३० सम्म जारी हुनेछ ।
करिब पाँच महिनायता जारी आन्दोलनबीच यसपटक जिल्ला परिषदको चुनाव भएको हो । यस चुनावमा बेइजिङ पक्षधर (प्रो–बेइजिङ) र प्रजातान्त्रिक पक्षधर (प्रो–डेमोक्रेसी)बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

 

आन्दोलनमा अत्याधिक जनता सहभागी भएकाले आफ्ना उम्मेदवारले जीत हासिल गर्नेमा प्रजातान्त्रिक पक्षधर आशावादी छन् ।
त्यस्तै, आन्दोलनकारीले हङकङको आर्थिक र भौतिक संरक्षण ध्वस्त पारेको र हिंसात्मक गतिविधि गरेर जनताको दिनचर्यामा असर पारेकाले प्रजातान्त्रिक पक्षधरका उम्मेदवारलाई जनताले पराजित गर्ने बेइजिङ पक्षधरले अपेक्षा लिएको छ । यस चुनावमा १८ बर्षमाथिकाले मतदाता मतदान गर्न सक्नेछन् । यो चुनावमा नेपाली मतदाता समेत सामेल छन् ।

प्रतिक्रिया दिनुहोस्