Logo
Logo

श्रीलंकाको हृदयमा नेपाल


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


– रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

श्रीलंकामा सन् २०१९ नोभेम्बर १६ तारिखमा भएको राष्ट्रपतिको निर्वाचनमा गोटाबाया राजापक्ष विजयी भएका छन् । उनी श्रीलंका पोडुजना पेरामुना पार्टीको तर्फबाट ५२.२५ प्रतिशत मत प्राप्त गरी विजयी भएका हुन् । सन् १९८३ मा गोटाबाया रक्षामन्त्री हुँदा लिबरेशन टाइगर्स अफ तमिल इलम (एलटीटीई)को विद्रोहलाई असफल बनाएका थिए । श्रीलंकामा २० वर्षे विद्रोहको अन्त्य र शान्ति बहालीका लागि नवनियुक्त राष्ट्रपतिको ठूलो भूमिका थियो ।

नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा राष्ट्रपति गोटाबायाको यो उद्गारलाई मध्यनजर राख्दै नेपाल वायुसेवा निगमले लुम्विनी–कोलम्बो हवाई सम्बन्ध जोड्न आवश्यक छ । अबको एक महिनामा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने कुरा आइरहेको छ । यसै सन्दर्भमा भ्रमण वर्षभित्रै अन्तर्राष्ट्रिय उडान भैरहवा–कोलम्बो गर्न सकियो भने ८० प्रतिशतभन्दा बढी बुद्ध धर्मावलम्बी भएको मुलुक श्रीलंकासँग लुम्विनी जोडिनेछ । यसले नेपाल भ्रमण वर्षको लक्ष्य प्राप्ति हुनेछ ।

यस विद्रोहमा करिब एक लाख श्रीलंकाली नागरिकहरुले ज्यान गुमाउनुपरेको थियो । श्रीलंकाले चीनको महत्वाकांक्षी परियोजना बीआरआईमा सामेल भएर ३२ बिलियन डलरको हम्बनटोटा बन्दरगाहको निर्माण गरिरहेको छ । गोटाबायाले आफ्नो चुनावी अभियानमा चीनसँग सम्बन्ध सुधार गर्ने बाचा गरेका थिए । त्यसैले उनलाई चीन समर्थक पनि भनिन्छ ।

चुनावको परिणाम पूरा नआउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विशेषदूतको रुपमा विदेशमन्त्री एस जयशंकरलाई कोलम्बो पठाएका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ट्वीटर’मार्फत गोटाबायालाई बधाई दिँदै भनेका छन्– ‘नेपाल र श्रीलंकाबीच रहिआएको बहुआयामिक सम्बन्ध आउँदा दिनहरुमा बलियो हुने विश्वास गर्दछु ।’ यसको प्रतिउत्तरमा राष्ट्रपति गोटाबायाले ‘भगवान् बुद्धको जन्मस्थल नेपाल भएको हुनाले श्रीलंकाली जनताको हृदयमा नेपालको विशेष स्थान छ’ भनेका छन् ।

कूल गार्हस्थ्य उत्पादन २९१.५ विलियन डलर र प्रतिव्यक्ति आय ४,१०३ अमेरिकी डलर भएको श्रीलंकाको अर्थव्यवस्था माल्दिभ्सपछि दोस्रो स्थानमा पर्दछ । श्रीलंकाको मुख्य उद्योगमा पर्यटन, चिया, तैयारी पोशाक, कपडा, चामल र अन्य कृषि उत्पादन (रबर, दालचिनी, ल्वाङ आदि) पर्दछन् । वैदेशिक रोजगार पनि श्रीलंकाको विदेशी मुद्रा आयआर्जनको प्रमुख स्रोत हो । विश्व बैंकका अनुसार लगभग २२ करोड जनसंख्या भएको श्रीलंका माथिल्लो मध्यम आय भएको मुलुक हो ।

राष्ट्रपति गोयबाटाले आफ्ना दाजु पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई प्रधानमन्त्रीमा शपथ गराएका छन् । सन् १९८० को दशकमा भएको तमिल विद्रोहको समय गोयबाटा रक्षामन्त्री र उनका दाजु महिन्दा राजापक्ष राष्ट्रपति थिए । नेपाल–श्रीलंकाबीच सन् १९५७ जुलाई ११ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुवै देशबीचको सम्बन्ध झांगिँदै गएको छ । दुवै मुलुक सार्कका संस्थापक मुलुक हुन् । सन् १९५७ मार्चमा राजा महेन्द्रले पहिलो उच्चस्तरीय भ्रमण गरेर श्रीलंकासँग सम्बन्ध स्थापित बनाउने क्रमको आरम्भ गरेका हुन् । दुवै मुलुक असंलग्न आन्दोलन (नाम) र बिमस्टेकका सदस्य राष्ट्र हुन् ।

नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा राष्ट्रपति गोटाबायाको उपरोक्त उद्गारलाई मध्यनजर राख्दै नेपाल वायुसेवा निगमले लुम्विनी–कोलम्बो हवाई सम्बन्ध जोड्न आवश्यक छ । अबको एक महिनामा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने कुरा आइरहेको छ । यसै सन्दर्भमा भ्रमण वर्षभित्रै अन्तर्राष्ट्रिय उडान भैरहवा–कोलम्बो गर्न सकियो भने ८० प्रतिशतभन्दा बढी बुद्ध धर्मावलम्बी भएको मुलुक श्रीलंकासँग लुम्विनी जोडिनेछ । यसले नेपाल भ्रमण वर्षको लक्ष्य प्राप्ति हुनेछ ।

नेपालले श्रीलंकासँग आन्तरिक सुरक्षा र द्वन्द्वलाई कसरी समाधान गर्ने विषयमा सहकार्य गर्न सक्दछ । नेपालले पनि लामो समय आन्तरिक द्वन्द्वको सामना गरेको हो । श्रीलंकाले जुन किसिमले आन्तरिक द्वन्द्व र विखण्डनवादीहरुको सामना गरेर मुलुकलाई समृद्धितर्फ लगेको छ त्यो अनुभव नेपालका लागि उपयोगी हुन सक्दछ । किनभने त्यत्रो गृहयुद्धको सामना गरिसक्दा पनि आज श्रीलंकाको मुख्य स्रोत भनेको पर्यटन नै हो । टापु मुलुक श्रीलंका विश्वकै पर्यटकको रोजाइमा पर्दछ । त्यसकारण हामीले (नेपाल) पर्यटनको क्षेत्रमा पनि सघन सहकार्य गर्नुपर्दछ । अहिले त नेपाल र श्रीलंकाबीच सैकडौँको संख्यामा बैवाहिक सम्बन्ध पनि गाँसिएका छन् । अनेकौँ प्रतिकूल परिस्थितिका बाबजुद पनि कसरी श्रीलंका शिक्षित (९० प्रतिशतमाथि) र समृद्ध भएको छ त्यो नेपालले जान्न जरुरी छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्