काठमाडौं । बलात्कार, एसिड आक्रमण लगायतका हिंसापीडित तथा प्रभावित महिलाको सुरक्षाको लागि राहतको व्यवस्था गर्ने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पीडित महिलाका लागि निस्शुल्क कानुनी सेवा, मनोसमाजिक परामर्श र आयआर्जनको सीप प्रदान गरिने घोषणा गरिएको हो ।
महिला तथा किशोरीविरुद्ध हुने सबै किसिमका हिंसाको विभेद र शोषणको अन्त्य गरिने बताइएको छ । नेपाली समाजको बालविवाह, बोक्सी, छाउपडी, दाइजो लगायतका कुप्रथाको अन्त्य गरिने बताइएको छ ।











