Logo
Logo

राजेन्द्र राईको चेतावनी- प्रदेशको नाम नसच्याए परिणाम नराम्रो हुनेवाला छ


10.3k
Shares

विराटनगर । नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलको नेता राजेन्द्रकुमार राईले प्रदेशको नाम नसच्याए परिणाम राम्रो नहुने चेतावनी दिएका छन् ।

प्रदेशसभाको बैठकमा बोल्दै नेता राईले गलत आधार टेकेर प्रदेशको नाम कोशि राखिएको भन्दै उक्त नाम नसच्याए परिणाम राम्रो नहुने बताए ।

उनले भने, ‘प्रदेशको नामलाई हामी सच्याउ । गलत आधार टेकेर हामीले नाम राखेका थियौँ यसले परिणाम राम्रो ल्याउँदैन । आज यहाँ पहिला कोशी नाममा मतदान गर्ने सांसदहरुले पनि यो अनुभुतिको संकेत गरेर बोल्नु भएको छ ।’

पहिचानको आन्दोलनलाई अरु आन्दोलन जस्तो हलुका रुपले लिन नहुने भन्दै नेता राईले जागेको जानतलाई दमनले कहिल्यै ठिन गर्न नसकिने बताए । ‘अरु आन्दोलन जस्तो पहिचानको आन्दोलनलाई हल्का रुपमा नलिऔँ । जनतालाई दमनले कहिल्यै ठिक गर्न सक्दैन । यो संसार र नेपालकै पनि उदाहरणले प्रष्ट पारिसकेको छ’, उनले भने, ‘यो धनजनको क्षति हुने कुरा मात्रै छैन । भोली जातीय सदभाव पनि भट्काउँदैछ । जातीय अविश्वास यसले पैदा गर्दैछ । साम्प्रदायिक हिंसामा पनि परिणत हुनसक्छ । यसो भन्दा परिकल्पना गरे जस्तो लाग्ला । सरकार जिम्मेवार बन्नुपर्छ ।’

प्रदेशको नाम कोशि राख्दा सहि भएको भएको जनताले प्रदेश सांसदलाई फुलमालाले स्वागत गर्नुपर्ने तर, उनीहरुलाई कालोमोसो दलिएको भन्दै करेक्शन हुनुपर्ने उल्लेख गरे । ‘हामीले जनमतको कुरा गरेका थियौं । प्रत्यक्ष जनमत त हामिले देख्यौँ नि’, उनले भने, ‘आज सांसदहरुलाई कोशी नाम राख्दा चाहिँ सहि भएको भए त फुल मालाले अविरले स्वागत गर्नु पर्ने होईन आफ्नो निर्वाचन क्षेत्रमा । आफ्नो सांसदहरुलाई अपमान हुँदा त्यो जनताले चाहिँ सुरक्षा दिइ राखेको छ त ? त्यसो हुँदा प्रत्यक्ष जनमत त के रहेछ । त्यत्रो मत ल्याउने सांसदलाई दुईचार जनाले कालो मोसो दल्दाखेरी खोई जनताले सरक्षा गरेको ? त्यसकारण जनमत पनि अब प्रस्ष्ट भइसक्यो । अव हामी यसलाई करेक्शन गरौँ ।’

समस्या समाधान गर्नुको सट्टा सरकारका मन्त्री, मुख्यमन्त्रीले उल्टो उत्तेजना पैदा गर्ने अभिव्यक्ति दिँदै हिँडेको र झन् आगोमा घ्यु थप्ने काम गरेको आरोप लगाए ।

‘अहिलेको परिस्थितीलाई समाधान गर्ने विषयमा पनि सरकारको भूमिका त्यति सकारात्मक छैन । उत्तेजनामा रियाक्भि भएर प्रतिक्रियाहरु दिने अनि उत्तेजना पैदा गर्ने । सरकार जिम्मेवार हुनुपर्छ’, उनले भने, ‘बेला बेलामा सरकारका मन्त्री र मुख्यमन्त्रीहरुको अभिव्यक्ति त्यति राम्रो नदेखिँदैन कारण यो आन्दोलनमा पनि झन् आगोमा घ्यु थपेको जस्तो देखिन्छ । बाहि युद्धको जस्तो तैना भएका छन् । हजारौँ व्यारिकेट खडा गरिएको छ । अश्रुग्यास हानिएको छ । अरु के–के भइसक्यो होला विहानैदेखि धरपक गरिएको छ । परिस्थिती कहाँ छ भन्ने अनुमान गर्न सक्छौँ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्