Logo
Logo

निर्मला पन्त प्रकरणमा फिल्म


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ बर्षीया निर्मला पन्तको घटनामा आधारित फिल्म बनेको छ । हत्या प्रकरणले दिनप्रतिदिन नयाँ मोड लिइरहेका बेला उक्त घटनामा आधारित फिल्म ‘कोपिला’ को निर्माण गरिएको हो ।
फिल्म ‘कोपिला’को छायांकन सकाएर स्वरांकनमा पुगेको निर्माण टिमले जनाएको छ । यो फिल्ममा शिवम अधिकारीले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्मको सोमबार चित्तवनमा ईन्डक्ल्याप गर्दै छायांकन सकिएकोे निर्देशक अधिकारीले बताए ।
करीब ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको भनिएको यस फिल्ममा पन्तको बलात्कार र हत्यापछि सिर्जित सामाजिकस्थिति र हालसम्मको अवस्थालाई चित्रण गरिएको निर्देशक अधिकारीले बताएका छन् ।
‘कोपिला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समावेश छ । यस फिल्ममा निर्मलाको भूमिकामा संजीवनी खरेललाई फिचर गरिएको छ । फिल्ममा संचारकर्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेको भने कलाकार गणेश गिरि प्रस्तुतकर्ता रहेका छन् ।
सुबासराज काफले कार्यकारी निर्माता रहेको यस फिल्ममा समिरको छायाँकार रामेश्वर कार्र्की रहेका छन् । ‘कोपिला’मा सरिता गिरि, गणेश गिरि, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेललगायतका कलाकारले अभिनय गरेका छन् । यस फिल्ममा संगीत दिपक शर्माको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्