Logo
Logo

समाजमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो : माधव नेपाल


1.4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा सबैभन्दा चर्को रूपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताएका हुन् ।

पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै उनले नेपालमा बिनापैसाको कुनै काम नहुने अवस्था आएको बताए । जनतालाई पीडा दिने र शोसक सामन्तहरू र दलाल पुँजीहरू हाबी हुन पुग्ने, इमान्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्