Logo
Logo

राष्ट्रपतिसँग स्वीटजरल्यान्डका राजदूतको विदाई भेट


1k
Shares

काठमाडौं । नेपालका लागि स्वीटजरल्यान्डका राजदूत एलिजावेज भोन क्यापलरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेकी छन् । राजदूत क्याप्लरले आज (शुक्रवार) राष्ट्रपति निवास शीतल निवासमा बिदाइ भेट गरेकी हुन् ।

भेटका क्रममा राष्ट्रपति पौडेल र राजदूत क्यापलरबीच नेपाल र स्वीट्जरल्यान्डबीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

साथै राष्ट्रपति पौडेलले राजदूत क्यापलरलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्