Logo
Logo

नयाँ निर्वाचन कानुनमा ‘नो भोट’को व्यवस्था राख्न प्रस्ताव


693
Shares

काठमाडौं । निर्वाचन आयोगले नयाँ निर्वाचन कानुनमा ‘नो भोट’को व्यवस्था राख्न प्रस्ताव गरेको छ । आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी तर्जुमा गर्न तयार गरेको विधेयकको मस्यौदामा ‘नो भोट’को व्यवस्था समावेश छ । निर्वाचन आयोगले शुक्रबार राजनीतिक दलहरुसँगको छलफलमा नयाँ कानुनमा ‘नो भोट’को व्यवस्था गर्न लागिएको बारे परामर्श गरेको छ।

निर्वाचनमा कुनैपनि उम्मेदवारप्रति समर्थन छैन भनेर मत जाहेर गर्न पाउने प्रावधान नयाँ निर्वाचन कानुनमा समावेश गरिएको आयोगले जनाएको हो । ओयोगले मस्यौदा संसद्मा पेश गर्न लागेको भन्दै त्यसमा कुनैपनि उम्मेदवारप्रति समर्थन छैन भनेर मत जाहेर गर्न पाउने प्रावधान समेत समेटेको छ ।

मस्यौदा समितिले राजनीतिक दल तथा सम्बन्धित सरोकारवाला, विज्ञहरुको राय सुझाव र विगतका निर्वाचनमा खटिएका निर्वाचन पर्यवेक्षक, अवलोकनकर्ता तथा अनुगमनकर्ताबाट प्राप्त सुझाव, सिफारिश र पृष्ठपोषणसमेतलाई ध्यानमा राखेर मस्यौदा गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्