Logo
Logo

मधेसको माग पुरा भएको छैन : सिके राउत


1.3k
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको बताएका छन् ।

पर्सामा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले मधेस आन्दोलनको माग २२ वटा जिल्लालाई एउटै बनाउने रहेको तर आठ वटा जिल्लामा सीमित भएको भन्दै आन्दोलनको आवश्यकता रहेको बताउँदै त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।

‘हाम्रो कुनै माग पुरा भएको छैन, अहिले नागरिकताको समस्या समाधान भएको भनिन्छ तर त्यो पनि कार्यान्वयन हुन्छ कि हुँदैन भने ठेगान छैन । त्यसैले आन्दोलन गर्न आवश्यक छ ।’ जनमत पार्टी सांसद र मन्त्री बन्न र बनाउनका लागि आएको पार्टी नभएको उनको भनाई छ । अध्यक्ष राउतले भने, ‘अरू कुनै पार्टीले एउटा मन्त्रालय पाउने वितिक्कै ती पार्टीका अध्यक्ष नै सरकारमा जान तँछाडमछाड गर्थे तर जनमत पार्टीका अध्यक्षले अरूलाई पठाएको छ ।’ आफ्ना लागि पद र पैसा ठुलो नरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्