Logo
Logo

सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न एमाले सांसदको माग


567
Shares

काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले बाराको सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मैनालीले जिल्लास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्व सम्पदा सूचीमा सूचिकृत गर्न सरकारसँग माग गरेका हुन् ।

सो क्षेत्रमा एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्विक महत्वको सम्पदाहरु फेला परेको भन्दै उनले प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षित क्षेत्र घोषणा गर्न सकिनेतर्फ पनि सरकारलाई सचेत गराएका हुन् ।

सांसद मैनालीले सरकारले सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि पहलकदमी लिने काममा ढिलाई गर्न नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्