काठमाडौं । विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–६ बस्ने २१ वर्षीय बसन्त बस्नेत र भोजपुर रामप्रसादराई गाउँपालिका–४ बस्ने २५ वर्षीय प्रजा कुमार राई रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका–९ बस्ने १६÷१६ वर्षीय २ जना किशोर रहेका छन् । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, गुलरिया नगरपालिका–११ गणेशपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्रामसहित मधुवन नगरपालिका–५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनु्सार पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय अनमोल शाह र सोही उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले से.७ प १४०१ नम्बरको मोटरसाइकललाई जाँच गर्न क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, रुपन्देहीको सियारी गाउँपालिका–४ धमसार बस्ने ५३ वर्षीय सुभाष मल्लाहलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७९ मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनको किराना पसलको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
महोत्तरीको बर्दिबास नगरपालिका–४ बाट नियन्त्रित लागूऔषध नाईट्रोभेट १५ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १२ ग्रामसहित सिन्धुली, सिन्धुली नगरपालिका–४ मिलन चोक बस्ने २० वर्षीय सुमन ढकाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरीले गौशालाबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २ –०२–००१ ह ०९४६ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा टेम्पोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, धादिङको धुनिवेशी नगरपालिका–९ खत्रीपौवा खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित त्रिपुरासुन्दरी गाउँपालिका–६ बस्ने पुरान बहादुरसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट खत्रीपौवा र ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०२०–१२ प ९८१३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











